आयोजक काष्ठमण्डप र बूढानीलकण्ठ विजयी

घरेलु कोर्टमा काष्ठमण्डप ‘ए’ ले टीआईएलाई २५–६ स्कोरले पराजित गर्‍यो । इम्पेरियल वर्ल्ड स्कुलले लिटिल वन्डरलाई १२–६ ले हराएर क्वाटरफाइनलमा तय गर्‍यो । समूह चरणमा दीक्षालयले काष्ठमण्डप ‘बी’ लाई २४–८ ले हरायो ।

मंसिर २६, २०८२

कान्तिपुर संवाददाता

Hosts Kasthamandap and Budhanilkantha win

काठमाडौँ — आयोजक काष्ठमण्डप विद्यालय ‘ए’ ले तेस्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको गर्ल्समा क्वाटरफाइनलमा तय गरेको छ ।

घरेलु कोर्टमा काष्ठमण्डप ‘ए’ ले टीआईएलाई २५–६ स्कोरले पराजित गर्‍यो । इम्पेरियल वर्ल्ड स्कुलले लिटिल वन्डरलाई १२–६ ले हराएर क्वाटरफाइनलमा तय गर्‍यो । समूह चरणमा दीक्षालयले काष्ठमण्डप ‘बी’ लाई २४–८ ले हरायो ।

ब्वाइजमा बूढानीलकण्ठले रिलायन्स को–एडलाई ४७–२६ तथा कान्तिपुरले काष्ठमण्डप ‘बी’ लाई २१–७ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए ।

फुटसलको जुनियर ब्वाइजमा ग्यालेक्सी पब्लिक स्कुलले इम्पेरियल वर्ल्डलाई २–० गोलले पराजित गर्‍यो । ग्यालेक्सी र काठमाडौं प्रज्ञाकुञ्जले १–१ तथा इम्पिरियल र प्रज्ञाकुञ्जले गोलरहित बराबरी खेले ।

गर्ल्समा न्यु मिलिनियमले काष्ठमण्डप ‘ए’ लाई २–१, रातो बंगलाले न्यु मिलिनियमलाई ५–०, एभीएमले पुष्पपाञ्जलीलाई १–० र एभीएमले काष्ठमण्डप ‘बी’ लाई ४–० गोलले हराए । रातो बंगला र ग्यालेक्सीले गोलरहित बराबरी खेले । सिनियर ब्वाइजमा काष्ठमण्डप ‘ए’ ले ग्यालेक्सीलाई ४–१ गोलले हरायो ।

कान्तिपुर

Link copied successfully