एस्ट्रिम इनर्जीले एनपीएल फाइनलको निःशुल्क प्रदर्शन गर्ने

धनगढीको जीएनजी मार्गस्थित पार्कमोड र बुटवलको ट्राफिक चोकमा एलईडी स्क्रिनमार्फत एनपीएल फाइनलको प्रत्यक्ष प्रसारण गरिनेछ ।

मंसिर २६, २०८२

कान्तिपुर संवाददाता

Estream Energy to broadcast NPL final for free

काठमाडौँ — नेपाल प्रिमियर लिगको क्रिकेट उत्साहलाई एस्ट्रिम इनर्जी ड्रिङ्कसले महोत्सवको रूपमा मनाउने उद्देश्यले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको फाइनल खेलको निःशुल्क प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

धनगढीको जीएनजी मार्गस्थित पार्कमोड र बुटवलको ट्राफिक चोकमा एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ । आम दर्शक तथा खेलप्रेमीलाई आफ्नो प्रदेशको प्रतिनिधित्व गर्ने टोलीलाई सामूहिक रूपमा समर्थन गर्न, हौसला थप्न र खेललाई स्थानीय उत्सवको रूपमा मनाउन प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले एस्ट्रिम इनर्जीले एनपीएल फाइनलको प्रत्यक्ष प्रसारणको व्यवस्था गरेको जनाएको छ ।

फाइनलको महत्त्वपूर्ण क्षण समर्थकलाई नजिकबाट अनुभूति होस् भन्ने उद्देश्यले दुवै स्थानमा उत्कृष्ट प्राविधिक व्यवस्थासहित एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारणको तयारी गरिएकाले प्रदेश र मनपर्ने टिमको समर्थनलाई महोत्सवको रूपमा मनाउन एस्ट्रिम इनर्जीले अनुरोध गरेको छ ।

कान्तिपुर

Link copied successfully