एसियन युथ पारा गेम्स : स्वीकृतले जिते रजत पदक

दुबई इन्डोर स्टेडियममा भएको पारा गेम्सको टेबलटेनिस यू–२३ पुरुष सिंगल (क्लास ७) को फाइनलमा स्वीकृत भने चाइनिज ताइपेईका रेन तिङ ह्वाङसँग ३–२ को सेटमा पराजित भएका थिए ।

मंसिर २६, २०८२

कान्तिपुर संवाददाता

Asian Youth Para Games: Sankhat wins silver medal

काठमाडौँ — यूएईमा भइरहेको एसियन युथ पारा गेम्सको टेबलटेनिसमा नेपाली पारा खेलाडी स्वीकृत न्यौपानेले रजत पदक जितेका छन् ।

दुबई इन्डोर स्टेडियममा भएको पारा गेम्सको टेबलटेनिस यू–२३ पुरुष सिंगल (क्लास ७) को फाइनलमा स्वीकृत भने चाइनिज ताइपेईका रेन तिङ ह्वाङसँग ३–२ को सेटमा पराजित भएका थिए । निर्णायक सेटमा अग्रता लिनुका बावजुद उनले सेट गुमाएका थिए ।

स्वीकृतले पहिलो सेट १३–११, तेस्रो सेट १२–१० ले आफ्नो पक्षमा पारे पनि दोस्रो ११–६, चौथो ११–५ र निर्णायक तथा पाँचौं सेट १२–१० ले गुमाएका थिए ।

स्वीकृतले सेमिफाइनलमा फिलिपिन्सका ब्रागे काबान्द्रोलाई ३–१ (११–९, ११–८, ५–११ र ११–९) ले हराएर स्वर्ण पदकको दाबेदार बनेका थिए । त्यसअघि लिग चरणमा उनले काजकिस्तान, किर्गिस्तान र इराकका खेलाडीलाई हराएर अन्तिम चारमा स्थान बनाएका थिए ।

टेबलटेनिसमा स्वीकृतसहित महिलातर्फ निर्मला भण्डारीले सहभागिता जनाएकी छन् । प्रशिक्षकमा वसन्त भारती रहेका छन् ।

११ खेल समावेश एसियन पारा युथ गेम्समा नेपालले टेबलटेनिससहित तेक्वान्दो, एथलेटिक्सलगायतको खेलमा सहभागिता जनाएको छ । 

कान्तिपुर

Link copied successfully