दशरथ रंगशालामा भएको खेलमा लगातार आक्रमण बुने पनि एपीएफ गोल निकाल्न असफल रह्यो । यो नतिजाले पाँच टिम सम्मिलित प्रतियोगिताबाट फाइनल पुग्ने टिमको समीकरण खुल्ला कायम भएको छ ।
काठमाडौँ — एपीएफले साफ वुमेन्स क्लब च्याम्पियनसिप २०२५ मा बिहीबार ट्रान्सपोर्ट युनाइटेडसँग निराशाजनक गोलरहित बराबरी खेलेको छ ।
दशरथ रंगशालामा भएको खेलमा लगातार आक्रमण बुने पनि एपीएफ गोल निकाल्न असफल रह्यो । यो नतिजाले पाँच टिम सम्मिलित प्रतियोगिताबाट फाइनल पुग्ने टिमको समीकरण खुल्ला कायम भएको छ । इस्ट बंगाल ६ अंकसहित शीर्ष स्थानमा छ भने त्यसपछि एपीएफको ४ अंक भएको छ । ट्रान्सपोर्टको भने तीन खेलबाट २ अंक भएको छ र चौथो स्थानमा छ । दिनको पहिलो खेलमा इस्ट बंगालले कराँची एफसीलाई २–० ले पराजित गरेको थियो । कराँचीको भने तीन खेलबाट २ अंक छ र तेस्रो स्थानमा छ ।
