फुटसलतर्फ सिनियर ब्वाइजमा आयोजक काष्ठमण्डप विद्यालय ‘बी’ ले मल्पी सिटीलाई ७–०, वेदव्यासले काष्ठमण्डप ‘बी’ लाई २–१ तथा मातृभूमिले मल्पी सिटीलाई ३–० गोलले पराजित गरे ।
काठमाडौँ — द एक्सेल्सियर स्कुल र मल्पी सिटी तेस्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलतर्फ बिहीबार क्वाटरफाइनलमा पुगेका छन् । एक्सेल्सियर गर्ल्स र मल्पी ब्वाइजमा क्वाटरफाइनल पुगे । दुवैले विल्सन एकेडेमीबाट वाकओभर पाए ।
गर्ल्समा मातृभूमिले टीआईएलाई १२–४ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । दीक्षालय नेपालले ह्वाइटफिल्डलाई १९–१० ले हरायो । ब्वाइजमा ह्वाइटफिल्डले मातृभूमिलाई ३१–९ र रिलायन्स को–एडले दीक्षालयलाई १९–१८ स्कोरले पाखा लगाए ।
फुटसलतर्फ सिनियर ब्वाइजमा आयोजक काष्ठमण्डप विद्यालय ‘बी’ ले मल्पी सिटीलाई ७–०, वेदव्यासले काष्ठमण्डप ‘बी’ लाई २–१ तथा मातृभूमिले मल्पी सिटीलाई ३–० गोलले पराजित गरे । वेदव्यास र मातृभूमिले गोलरहित बराबरी खेले भने एक्सेल्सियर र विल्सन एकेडेमीबाट वाकओभर पायो ।
गर्ल्समा वेदव्यासले काष्ठमण्डप ‘बी’ लाई ६–० र पुष्पाञ्जलीले पनि काष्ठमण्डप ‘बी’ लाई २–० गोलले हराए । वेदव्यास र पुष्पाञ्जलीबीचको खेल गोलरहित बराबरीमा सकियो ।
जुनियर ब्वाइजमा पुष्पाञ्जलीले काष्ठमण्डप ‘बी’ लाई २–०, पुष्पाञ्जलीले एक्सेल्सियरलाई २–१ र एक्सेल्सियरले काष्ठमण्डप ‘बी’ लाई ४–० गोलले पाखा लगाए ।
