इस्ट बंगालको लगातार दोस्रो जित

लगातार दोस्रो जितपछि इस्ट बंगालको ६ अंक भएको छ र पाँच टिममध्ये शीर्ष स्थानमा रह्यो ।

मंसिर २५, २०८२

कान्तिपुर संवाददाता

East Bengal's second consecutive win

काठमाडौँ — इस्ट बंगालले साफ वुमेन्स क्लब च्याम्पियनसिप २०२५ मा बिहीबार लगातार दोस्रो जित निकालेको छ । उसले दशरथ रंगशालामा भएको खेलमा कराँची एफसीलाई २–० ले पराजित गर्‍यो ।

लगातार दोस्रो जितपछि इस्ट बंगालको ६ अंक भएको छ र पाँच टिममध्ये शीर्ष स्थानमा रह्यो ।

भारतीय वुमेन्स लिग च्याम्पियनका लागि सुल्जना राउले पाँचौं मिनेटमा गोलको खाता खोलिन् । रेस्टी नान्जिरीले ४७ औं मिनेटमा दोस्रो गोल थपिन् । कराँचीको भने तीन खेलबाट २ अंक छ र तेस्रो स्थानमा छ । उसले अहिलेसम्म एउटै गोल गर्न सकेको छैन ।

बिहीबारको दोस्रो खेलमा एपीएफ विजयी रहे, कराँची प्रतियोगिताबाट बाहिरिने छ । कराँचीको आफ्नो अन्तिम खेल एपीएफविरुद्ध रहेको छ । एपीएफले अब हुने खेलमा भुटानको ट्रान्सपोर्ट युनाइेडको सामना गर्नेछ । एपीएफको एक खेलबाट ३ अंक रहेको छ । ट्रान्सपोर्टको दुई खेलबाट १ अंक मात्र छ । 

कान्तिपुर

Link copied successfully