१९ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको बुधबार प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ ।
काठमाडौँ — १९ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको बुधबार प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ ।
सिनियर ब्वाइजमा भ्याली पब्लिकले हिमशिला, बोधीसदनले क्यानभास, हेम्सले ग्रिनल्यान्ड, जेनियस वर्ल्डले राजन मेमोरियल, न्युटनले रेडियन्ट, बागमतीले स्कोलर्स होम, टीआईएले किङडम हिमालय र हेराल्डले जेबी स्कुलविरुद्ध खेल्नेछन् ।
सिनियर गर्ल्समा भ्याली पब्लिक ‘ए’ ले क्यान्भास, बागमतीले एन्जल्स नेसनल, हिमशिलाले केभीकेएसस, त्रिज्योतिले विद्या विकास, साम्तेनले सेब, फेरिल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए), न्युटनले जेबी स्कुल र भ्याली पब्लिक ‘बी’ ले सत्यसाइविरुद्ध खेल्नेछन् ।
जुनियर ब्वाइजमा त्रिज्योतिले गण्डकी, इबीएले फेरिल्यान्ड, ग्रिनफिल्डले सेब, गोल्डेनपिकले किङडम, ओडिसीले न्युटन, एन्जल्स हार्टले बसुन्धरा नेसनल एकेडेमी (बीएनए), लालीगुराास नेसनल एकेडेमीले तेजस्वी र पारामाउन्टले भ्याली पब्लिकसँग प्रतिस्पर्धा गर्नेछन् ।
न्युटन विजयी
काठमाडौं– न्युटन स्कुल बुधबार प्याब्सन अन्तरविद्यालय काठमाडौं जिल्लास्तरीय छात्र बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
जिल्ला प्याब्सन काठमाडौंको आयोजनामा भइरहेको प्रतियोगितामा युनिक कार्कीले १० स्कोरमा न्युटनले स्किब्सलाई ३०–२२ ले पराजित गर्यो ।
हिमरश्मिमा भएको अन्य क्वाटरफाइनलमा केभीसीले एन्जल्स हार्टलाई ३३–२२, टीआईएले हेम्सलाई ४७–२८ तथा रेडियन्टले मेगसलाई २८–२२ स्कोरले हराएर सेमिफाइनलमा स्थान बनाए ।
केभीसीका समर्पणले १५, टीआईएका रोशन नगरकोटीले २१ र रेडियन्टका रिपेक्सले ९ स्कोर गरे । सेमिफाइनलमा रेडियन्टको भेट केभीसीसँग हुनेछ भने न्युटनले टीआईएको सामना गर्नेछ ।
