मंसिर १२ देखि १४सम्म भएको प्रतियोगितामा नेपाली खेलाडीले २६ स्वर्ण, १० रजत र ५ कांस्य पदक जित्दै टिम च्याम्पियन ट्रफी उचालेका थिए ।
काठमाडौँ — श्रीलंकाको कोलम्बोमा भएको विश्व पावरलिफ्टिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव रामचरित्र मेहताले नगदसहित सम्मान गरेका छन् ।
मंसिर १२ देखि १४सम्म भएको प्रतियोगितामा नेपाली खेलाडीले २६ स्वर्ण, १० रजत र ५ कांस्य पदक जित्दै टिम च्याम्पियन ट्रफी उचालेका थिए । कार्यक्रम पावर लिफ्टिङ संघका अध्यक्ष सुन्दर भुसालको अध्यक्षतामा भएको थियो ।
