लिभरपुल आफ्ना स्टार खेलाडी मोहमद सलाहविना खेलेको थियो । अर्को इंग्लिस प्रिमियर लिग क्लब चेल्सी भने एटलान्टनासँग २–१ ले पराजित रह्यो ।
काठमाडौँ — लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार इन्टर मिलानलाई उसकै घरमा १–० ले पराजित गरेको छ । लिभरपुल आफ्ना स्टार खेलाडी मोहमद सलाहविना खेलेको थियो । अर्को इंग्लिस प्रिमियर लिग क्लब चेल्सी भने एटलान्टनासँग २–१ ले पराजित रह्यो ।
टोटनहम भने स्लाभिया प्रागविरुद्ध ३–० ले विजयी रह्यो । बार्सिलोना र बायर्न म्युनिकले भने आ–आफ्ना खेल जितेका छन् । बार्सिलोनाले फ्रायन्कफर्टलाई २–१ ले हराएको हो भने बायर्न स्पोर्टिङ लिस्वनमाथि ३–१ ले विजयी रह्यो ।
सानसिरोमा भएको खेलमा डोमिनिक सबोसलाईले ८८ औं मिनेटमा पेनाल्टीबाट एक मात्र गोल गरे । व्यवस्थापकको चर्को आलोचना गरेपछि लिभरपुलले सलाहलाई इटाली गएको टिमका राखेका थिएनन् ।
यससँगै इन्टरको घरमा युरोपेली फुटबलका १८ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । प्रतियोगिताका छ खेलमध्ये चारमा विजयी रहेर लिभरपुल आठौं स्थानमा उक्लेको छ ।
बार्सिलोनाको जितमा दुवै गोल जुलेस कोन्डेले गरे । चेल्सीले एटलान्टनाविरुद्ध अग्रता लिएर पनि त्यसलाई गुमाएको हो । यस्तै एटलेटिको म्याड्रिड पीएसभी आयनहोभनमाथि ३–२ ले विजयी रह्यो ।
अन्य खेलमा ओलम्पियाकोसले आल्माटीलाई १–०, मोनाकाले गालातासारेलाई १–० र मार्सेले युनियन सेन्ट गिलोसालई ३–० ले हरायो ।
