फुटसलको सिनियर ब्वाइजमा मातृभूमिले काठमाडौं मेरिडियनलाई २–१ र काष्ठमण्डप ‘बी’ ले काठमाडौं मेरिडियनलाई २–० गोलले पराजित गरे ।
काठमाडौँ — काष्ठमण्डप विद्यालयको आयोजनामा तेस्रो काष्ठमण्डप कप बुधबार सुरु भएको छ । प्रतियोगिताको आयोजक काष्ठमण्डपकी संस्थापक तथा निर्देशक शिवा थापाले उद्घाटन गरिन् ।
फुटसलको सिनियर ब्वाइजमा मातृभूमिले काठमाडौं मेरिडियनलाई २–१ र काष्ठमण्डप ‘बी’ ले काठमाडौं मेरिडियनलाई २–० गोलले पराजित गरे । जुनियर ब्वाइजमा मातृभूमिले अनमोल ज्योतिलाई ३–२ र लिटिल वन्डरले अनमोल ज्योतिलाई ३–२ ले हराए । सिनियर गर्ल्समा ग्यालेक्सी पब्लिकले न्यु मिलिनियमलाई ४–१ गोलले हरायो ।
बास्केटबलको ब्वाइजमा टीआईएले मातृभूमिलाई ४६–३५, कान्तिपुरले आध्ययनलाई ३२–१० र मल्पी सिटीले काष्ठमण्डप ‘ए’ लाई २४–१४ स्कोरले पराजित गरे ।
गर्ल्समा काष्ठमण्डप ‘ए’ ले मातृभूमिलाई १२–११, काठमाडौं मेरिडियनले लिटिल वन्डर १२–४ र द एक्सेल्सियर स्कुलले संस्कृति इन्टरनेसनललाई १८–८ स्कोरले हराए ।
