ह्वाइट हेभेन र वेदव्यास च्याम्पियन

नवौं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगितामा ह्वाइट हेभेन सिनियर ब्वाइज र वेदव्यास जुनियर ब्वाइजमा विजेता भए ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

White Haven and Vedvyas Champion

काठमाडौँ — ह्वाइट हेभेन एकेडेमी र वेदव्यासले नवौं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेका छन् । ह्वाइट हेभेन सिनियर ब्वाइज र वेदव्यास जुनियर ब्वाइजमा विजेता भए ।

टिम अफ प्रोसेभिस स्कुल (टोप्स) को आयोजनामा भएको प्रतियोगिताको सिनियर ब्वाइजमा संस्कृति शिक्षा सदन दोस्रो तथा श्वेता सदन तेस्रो भए । जुनियर ब्वाइजमा निम्बल दोस्रो र ल्यान्डमार्क एकेडेमी तेस्रो बने ।

सिनियर ब्वाइजमा विवेश वर्देवा उत्कृष्ट खेलाडी, पल्लभ थापा उत्कृष्ट गोलरक्षक, कविरजंग पाण्डे सर्वाधिक स्कोरकर्ता र सविन ढकाल उत्कृष्ट प्रशिक्षक भए । कविर श्वेता सदनका हुन् भने बाँकी सबै ह्वाइट हेभेनका हुन् ।

जुनियर ब्वाइजमा ल्यान्डमार्कका एलेक्स लामा उत्कृष्ट खेलाडी, वेदव्यासका बिहान क्षेत्री उत्कृष्ट गोलरक्षक, वेदव्यासका इशान महरा सर्वाधिक गोलकर्ता र वेदव्यासका विजय गुरुङ उत्कृष्ट प्रशिक्षक बने ।

कान्तिपुर

Link copied successfully