युनाइटेडको नजर च्याम्पियन्स लिगमा

यस्तै ब्रायन एमबुमो र मेसन माउन्टले पनि एक एक गोल गरे । जिन रिकनरले उल्भ्सका लागि एक गोल फर्काए ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

United's eyes on the Champions League

काठमाडौँ — म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्समाथि ४–१ को जित निकाल्दै आफूलाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने प्रत्यासीको रूपमा पेस गरेको छ ।

युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले दुई गोल गरे । यस्तै ब्रायन एमबुमो र मेसन माउन्टले पनि एक एक गोल गरे । जिन रिकनरले उल्भ्सका लागि एक गोल फर्काए ।

यो जितपछि युनाइटेडको २५ अंक भएको छ र छैटौं स्थानमा पुगेको छ । यो चौथोमा रहेको क्रिस्टल प्यालेससँग एक अंकको मात्र दूरी हो ।

कान्तिपुर

Link copied successfully