प्याब्सन बास्केटबलमा पुष्पसदनको दोहोरो जित

एन्जल्स हार्ट हाइस्कुलमा पुष्पसदनले छहारीलाई ३२–२२ र गण्डकीलाई ३५–२७ स्कोरले पराजित गरे ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

Pushpasadan's double win in PABSON Basketball

काठमाडौँ — पुष्पसदनले प्याब्सन अन्तरविद्यालय काठमाडौं जिल्लास्तरीय छात्र बास्केटबल प्रतियोगितामा मंगलबार दुई खेल जितेको छ ।

एन्जल्स हार्ट हाइस्कुलमा पुष्पसदनले छहारीलाई ३२–२२ र गण्डकीलाई ३५–२७ स्कोरले पराजित गरे ।

काठमाडौं जिल्ला प्याब्सनको आयोजनामा भइरहेको प्रतियोगिताको अन्य खेलमा टीआईएले भ्याली भ्युलाई ४८–३०, स्किब्सले विभूतिलाई १५–१२ ले र भ्याली भ्युले फेरिल्यान्डलाई ३४–२४ स्कोरले हराए ।

प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ । बुधबार प्रिक्वाटरफाइनलका खेल हिमरश्मि स्कुलमा हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully