पुनरागमन जितसँगै मिलान अगाडि

दोस्रो हाफमा सब्टिच्युटका रूपमा प्रवेश गरेर उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

Milan advance with comeback win

काठमाडौँ — अमेरिकी प्ले मेकर क्रिस्टियन पुलिसिचले दस मिनेटमा गरेको दुई गोलको मदतले एसी मिलानले टुरिनमाथि सोमबार ३–२ को जित रच्दै सिरी ए लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

दोस्रो हाफमा सब्टिच्युटका रूपमा प्रवेश गरेर उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुमै अग्रता लिएको थियो ।

एडरिन राबोटले पहिलो हाफमा गोल गर्दै मिलानको पुनरागमन सुरु गरेका थिए । यो जितपछि मिलानको १४ खेलबाट ३१ अंक भएको छ ।

नेपोली पनि समान खेलबाट ३१ अंकमै रहेको छ । मिलान गोल अन्तरले अगाडि रहेको हो । इन्टर मिलान ३० र एएस रोमा २७ अंकमा शीर्ष चारभित्र छन् ।

कान्तिपुर

Link copied successfully