भ्याली कपमा बागमती र गण्डकी विजयी

सिनियर ब्वाइजमा बागमतीले ह्वाइटफिल्डलाई ३९–२८ ले, डा. मेमोरियलले रोजमेरीलाई ३८–२५ ले, भ्याली पब्लिक ‘ए’ ले ग्रिनल्यान्डलाई ४९–२६ ले, क्यान्भासले एलएलाई ३१–२२ ले र हेराल्डले सेन्ट लरेन्सलाई ३४–२७ स्कोरले हराए ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

Bagmati and Gandaki win in Valley Cup

काठमाडौँ — सत्यसाई र सेबले १९ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा मंगलबार जित पाएको छ ।

सत्यसाईले नेक्ससलाई ३१–२२ र सेबले ह्वाइट माउन्टेनलाई २६–१४ स्कोरले पराजित गरे । गर्ल्समै त्रिज्योतिले एलएलाई २८–२० ले, बेलमोन्टले साम्तेनलाई २६–२४ ले, फेरिल्यान्डले ज्ञानसंस्कारलाई २०–१० ले र आयोजक भ्याली पब्लिक ‘बी’ ले सेन्ट लरेन्सलाई २२–१५ स्कोरले हराए ।

सिनियर ब्वाइजमा बागमतीले ह्वाइटफिल्डलाई ३९–२८ ले, डा. मेमोरियलले रोजमेरीलाई ३८–२५ ले, भ्याली पब्लिक ‘ए’ ले ग्रिनल्यान्डलाई ४९–२६ ले, क्यान्भासले एलएलाई ३१–२२ ले र हेराल्डले सेन्ट लरेन्सलाई ३४–२७ स्कोरले हराए ।

जुनियर ब्वाइजमा गण्डकीले एसियनलाई २०–१४ ले, त्रिज्योतिले सेबलाई २२–२० ले, फेरिल्यान्डले ज्ञानसंस्कारलाई २६–१४ ले, सेन्ट जोसेफले क्यान्भासलाई १८–१४ ले र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले एनसीसीएसलाई २३–१५ स्कोरले हराएका थिए ।

कान्तिपुर

Link copied successfully