बास्केटबलमा टीआईए र नेक्ससलाई सफलता

आयोजक भ्याली पब्लिकको कोर्टमा केभीकेएसएसले वेदव्यासलाई १९–१३ र नेक्ससले ज्ञानसंस्कारलाई १६–११ स्कोरले पराजित गरे ।

मंसिर २२, २०८२

कान्तिपुर संवाददाता

TIA and Nexus achieve success in basketball

काठमाडौँ — केभीकेएसएस र नेक्सस सोमबार १९ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा विजयी भएका छन् ।

आयोजक भ्याली पब्लिकको कोर्टमा केभीकेएसएसले वेदव्यासलाई १९–१३ र नेक्ससले ज्ञानसंस्कारलाई १६–११ स्कोरले पराजित गरे । सोही स्पर्धामा बागमतीले विद्या विकासलाई २५–२२ र फेरिल्यान्डले सत्यसाइलाई १८–१७ स्कोरले हराए ।

सिनियर ब्वाइजमा टीआईएले रेडियन्ट रिडर्सलाई ४०–३५, भ्याली पब्लिक ‘बी’ ले सेन्ट लरेन्सलाई ३२–२१, हेराल्डले एसएचएलाई ४३–३७, ग्रिनल्यान्डले बेम्सलाई ४६–३६, ग्रिनफिल्डले एचएचसीएलाई २३–१७, न्युटनले किङडम हिमालयलाई ४७–३७ र हेम्सले हिमशिलालाई ३८–२४ स्कोरले हराए ।

जुनियर ब्वाइजमा गोल्डेनपिकले फेरिल्यान्डलाई २३–१८ र किङडम हिमालयले सेन्ट जोसेफलाई २६–१७ स्कोरले हराए ।

कान्तिपुर

Link copied successfully