प्रतियोगितामा बास्केटबल र फुटसलको प्रतिस्पर्धा हुने सोमबार पत्रकार सम्मेलनमा काष्ठमण्डपका ईसीए इन्जार्च सुन्दर बुढाथोकीले बताए ।
काठमाडौँ — काष्ठमण्डप विद्यालयको आयोजनामा तेस्रो काष्ठमण्डपं कप खेलकुद बुधबारदेखि हुने भएको छ ।
प्रतियोगितामा बास्केटबल र फुटसलको प्रतिस्पर्धा हुने सोमबार पत्रकार सम्मेलनमा काष्ठमण्डपका ईसीए इन्जार्च सुन्दर बुढाथोकीले बताए ।
बास्केटबलको सिनियर ब्वाइज र सिनियर गर्ल्समा १२–१२ टिमको सहभागिता रहनेछ । फुटसल सिनियर ब्वाइजमा ९, जुनियर ब्वाइजको यू–१३ मा १२ तथा सिनियर गर्ल्समा ८ टिमले भाग लिने छन् ।
पाँचै विधाका खेल लिगकम नकआउट आधारमा खेलाइने छ । खेल मण्डिखाटारस्थित आयोजकको हातामा हुनेछ ।