रियल अब १६ खेलमा ३६ अंकमा सीमित रहेर दोस्रो स्थानमा रह्यो ।
काठमाडौँ — स्पेनी ला लिगामा रियल म्याड्रिड घरमै भएको खेलमा सेल्टा भिगोसँग आइतबार २–० ले पराजित भएको छ । हारले क्लबका प्रशिक्षक ज्याभी एलोन्सोमाथि चर्को दबाब सिर्जना भएको छ ।
बर्नाबाउमा भएको खेलको अन्त्यमा रियल नौ खेलाडीमा सीमित भएको थियो । सेल्टा भिगोका लागि दुवै गोल विलिट स्वेडबर्गले गरे । रियल अब १६ खेलमा ३६ अंकमा सीमित रहेर दोस्रो स्थानमा रह्यो ।
यो शीर्षमा रहेको बार्सिलोनासँग चार अंकको दूरी हो । अन्य खेलमा एल्चेले जिरोनालाई ३–० र इस्पनयोलले रायो भालेकानोलाई १–० ले हरायो । भ्यालेन्सिया र सेभियाले १–१ को बराबरी खेले ।
