चौथो स्थानमा प्यालेसको १५ खेलबाट २६ अंक भएको छ र यो क्लब इतिहासमै उत्कृष्ट सुरुमात हो ।
काठमाडौँ — क्रिस्टल प्यालेसले इंग्लिस प्रिमियर लिगमा आइतबार फुलहमलाई २–१ ले पराजित गर्दै शीर्ष चारभित्र प्रवेश गरेको छ । चौथो स्थानमा प्यालेसको १५ खेलबाट २६ अंक भएको छ र यो क्लब इतिहासमै उत्कृष्ट सुरुमात हो ।
क्राभेन कटेजमा भएको खेलमा प्यालेसका लागि एडि एनकेटिह र मार्क गुइहीले गोल गरे । फुलहमका तर्फबाट भने ह्यारी विल्सनले गोल फर्काए । प्यालेस अर्को सिजनका लागि युरोपमा खेव्न बलियो प्रत्यासी पनि भएको छ ।
फुलहम भने १७ अंकमा १५ औं स्थानमा रह्यो । अर्को खेलमा ब्राइटन र वेस्ट ह्यामले १–१ को बराबरी खेले । ब्राइटन २३ अंकमा सातौं तथा वेस्ट ह्यामा १३ अंकमा १८ औं स्थानमा छ ।
