आयोजक लिटिल एन्जल्स च्याम्पियन

एलएले फाइनलमा एटीएमलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्‍यो । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएको थियो ।

मंसिर २२, २०८२

कान्तिपुर संवाददाता

Organizer Little Angels Champion

काठमाडौँ — आयोजक लिटिल एन्जल्स (एलए) एलए स्पोर्ट्स मिटअन्तर्गत ब्वाइज फुटबलमा च्याम्पियन बनेको छ ।

एलएले फाइनलमा एटीएमलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्‍यो । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएको थियो ।

एलएका देवराज कटुवाल उत्कृष्ट खेलाडी, एलएका अनुप खत्री सर्वाधिक स्कोरकर्ता र एटीएमका प्रज्ज्वल समाल उत्कृष्ट गोलरक्षक भए ।

बास्केटबल ब्वाइजमा मनास्लु विजेता भयो । मनास्लुले फाइनलमा ओमेगालाई ६६–४७ स्कोरले हरायो । गर्ल्समा एलए च्याम्पियन बन्यो ।

ब्वाइजमा मनास्लुका प्रदिम बोहरा र गर्ल्समा एलएकी संस्कृति लामा मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । विजेतालाई फुटबलर एवं एलएका पूर्व विद्यार्थी जिलेस्पीजंग कार्की, बास्केटबलका सदीश प्रधान र एलएकी कर्पोरेट डाइरेक्टर सृष्टि लिम्बूले पुरस्कृत गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully