युभेन्ट्सलाई हराएर नेपोली शीर्षमा

युभेन्ट्सले नेपल्समा भएको खेलमा फर्काएको एक गोल येनन यिडिजको नाममा रह्यो ।

मंसिर २२, २०८२

कान्तिपुर संवाददाता

Napoli beat Juventus to go top

काठमाडौँ — इटालीको सिरी ए मा युभेन्ट्सविरुद्धको महत्त्वपूर्ण खेल २–१ ले जित्दै नेपोली लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

घरमा भएको खेलमा उसका लागि दुवै गोल रसमन होजल्यान्डले गरे ।

युभेन्ट्सले नेपल्समा भएको खेलमा फर्काएको एक गोल येनन यिडिजको नाममा रह्यो । यो जितपछि नेपोलीको १४ खेलबाट ३१ अंक भएको छ र यो दोस्रोमा रहेको इन्टर मिलानमाथि एक अंकको अग्रता मात्र हो ।

चौथोमा रहेको एएस रोमा भने कागिलिरीको हातबाट १–० स्तब्ध रह्यो र २७ अंकमै सीमित रह्यो । कागलिरीका लागि एक माब गोल जियानलुका गानाटोले गरे । कागलिरी १४ अंकमा १३ औं स्थानमा छ ।

कान्तिपुर संवाददाता

Link copied successfully