दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले केही अवसर बनाए पनि ती निर्णायक हुन सकेनन् ।
काठमाडौँ — वुमेन्स साफ क्लब च्याम्पिनयसिपको सोमबार भएको दोस्रो खेलमा कराँची सिटी एफसी र नसरिन पोर्टस एकेडेमीले गोलरहित बराबरी खेलेका छन् । फाइनल पुग्ने समीकरणमा दुवै टिमका लागि यो नतिजाले घाटा हुनेछ ।
दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले केही अवसर बनाए पनि ती निर्णायक हुन सकेनन् । दुवै टिमको यो प्रतियोगितामा दोस्रो खेल हो र अहिलेसम्म उनीहरूले कुनै गोल गर्न सकेका छैनन् ।
पाकिस्तानको कराँचीको दुई खेलबाट दुई अंक भएको छ र तेस्रो स्थानमा रह्यो । बंगलादेशको नसरिनको भने दुई खेलबाट एक अंक भएको छ । पाँच टिमको सहभागिता रहेको प्रतियोगितामा लिग चरणको समाप्तीमा शीर्ष दुई टिम फाइनल पुग्नेछन् ।
