बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

यो जितपछि बार्सिलोनाको १६ खेलबाट ४० अंक भएको छ र चार अंकको अग्रतासँगै शीर्ष स्थानमा रहेको छ ।

मंसिर २१, २०८२

कान्तिपुर संवाददाता

Torres hat-trick in Barcelona's win

काठमाडौँ — फेरान टोरेसको ह्याट्रिकको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार रियल बेटिसलाई ५–३ ले हराएको छ । आठ गोलको रोमाञ्चक खेलमा टोरेसले पहिलो हाफमै ह्याट्रिक गरेका हुन् ।

यो जितपछि बार्सिलोनाको १६ खेलबाट ४० अंक भएको छ र चार अंकको अग्रतासँगै शीर्ष स्थानमा रहेको छ । यसको पछाडि रियल म्याड्रिडको ३६ अंक छ ।

भिल्लारियल भने ३५ अंकमा तेस्रोमा छ र उसले अर्को खेलमा गेटाफेलाई २–० ले हरायो । चौथो स्थानमा रहेको एटलेटिको म्याड्रिड भने एथलेटिको बिलबाओविरुद्ध १–० ले पराजित रह्यो । एटलेटिको ३१ अंकमा रह्यो । यस्तै डेपोर्टिभो एलाभेसले रियल सोसिडालाई १–० ले हरायो ।

कान्तिपुर

Link copied successfully