आरसीटी अन्नपूर्णको प्रशिक्षण कार्यक्रम सम्पन्न

लैनचौर युवा क्लबको सहयोगमा लैनचौर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रको नेतृत्वमा सञ्चालन भएको थियो ।

मंसिर २१, २०८२

कान्तिपुर संवाददाता

RCT Annapurna's training program completed

काठमाडौँ — उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

असार १४ बाट सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए ।

लैनचौर युवा क्लबको सहयोगमा लैनचौर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रको नेतृत्वमा सञ्चालन भएको थियो ।

त्यसमा अर्जुन लामा, सुरेश शाही र राजीव शाहीले पनि फ्रशिक्षण दिएका थिए । कार्यक्रम सञ्चालनका लागि वडा नम्बर २७ को सहयोगमा गरेको थियो ।

कार्यत्रमका संयोजक अशोक मानन्धरका अनुसार यस प्रकारको प्रशिक्षण कार्यक्रमले नेपाली फुटबलका लागि उमेर समूहमा आवश्यक खेलाडी उत्पादन गर्न मदत मिल्ने छ । गत वर्षदेखि सञ्चालन भएको यस प्रकारको कार्यक्रम नियमित हुने पनि उनले बताए ।

कान्तिपुर

Link copied successfully