जनकपुरविरुद्ध कर्णालीको कमजोर स्कोर

जनकपुरका कप्तान यान निकोल लफ्टी इटनले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभर खेलि सानो स्कोरमात्र बनाउन सक्यो ।

मंसिर २१, २०८२

कान्तिपुर संवाददाता

Karnali's poor score against Janakpur

What you should know

काठमाडौँ — जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबार कर्णाली याक्सलाई १ सय २९ रनमा रोकेको छ ।

जनकपुरका कप्तान यान निकोल लफ्टी इटनले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभर खेलि सानो स्कोरमात्र बनाउन सक्यो ।

ओपनर इमरान शेखले कर्णालीबाट सर्वाधिक ३३ रन बनाए । प्रतियोगितामा पहिलो खेल खेलिरहेका उनले ३२ बल खेलि समान १ चौका र छक्का प्रहार गरे । उनका ओपनिङ जोडि मार्क वाट ४ रनमै आउट भएका थिए भने प्रिंयाक पान्चालले १८ बल खेलि ३ चौका प्रहार गरि १६ रन बनाए ।

गुलशन झा २० बल खेलि १ चौका प्रहार गरि १९, विलियम बोसिस्टो १५, नाजिबुल्लाह जाद्रान १३, पवन सर्राफ १, अर्जुन घर्ती ४ रनमा आउट भए । कप्तान सोमपाल कामीले ११ बल खेलि समान १ चौका र छक्कासहित १८ रन बनाई अविजित रहे । दीपेन्द्र राउतले २ रन बनाए ।

जनकपुरका ललित राजवंशी र आदित्य महताले २–२ विकेट लिए । ललितले ३ ओभरमा १६ र एकमात्र ओभर गरेका आदित्यले ९ रन खर्चे । संगीथ कोरे, कप्तान अनिल साह र माज सदाकतले १–१ विकेट लिए ।

यी दुवै टोली प्लेअफ दौडबाट बाहिरिसकेका छन् । डिफेन्डिङ च्याम्पियन जनकपुरले ६ मध्येको ५ खेलमा पराजय बेहोरेको थियो । गत सिजनमा तेस्रो भएको कर्णालीले पनि ६ मध्येको ५ खेलमा पराजित रहेको छ । यस खेलमा विजयी हुने टोली छैटौं हुनेछ भने पराजित हुने टोली आठौं भई पुछारमा रहने छ ।

कान्तिपुर

Link copied successfully