यो जितपछि इन्टरको १४ खेलबाट ३० अंक भएको छ ।
काठमाडौँ — इन्टर मिलानले शनिबार इटालीको सिरी ए को शीर्ष स्थानमा उक्लिनका लागि कोमोलाई सजिलै ४–० ले हराएको छ । सानसिरोमा प्राप्त जितमा लउटारो मार्टिनेज, मार्कस थुराम, हाकान काहानग्लु र कार्लोस अगस्टुले गोल गरे ।
यो जितपछि इन्टरको १४ खेलबाट ३० अंक भएको छ । उसको पछाडि एक एक खेल कम खेलेका एसी मिलान, नेपोली र एएस रोमा नजिकको दूरीमा छन् ।
ती सबै टिमसामु इन्टरलाई उछिनेर अगाडि बढ्ने अवसर रहेको छ । अन्य खेलमा ससुलोले फियोरेन्टिनालाई ३–१ ले हरायो भने हेलास भेरोना एटलान्टमाथि ३–१ को जित रच्न सफल रह्यो ।
