अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रमुख आतिथ्यतामा वासिङ्टनमा आयोजित कार्यक्रममा उनलाई फिफाले नयाँ शान्तिको पुरस्कार पनि प्रदान गरेको थियो ।
What you should know
वासिंटन — अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप २०२६ को शुक्रबार ‘ड्र’ निकालिएको छ । त्यसअनुसार डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँगै स्पेन र इंग्ल्यान्डले केही सजिलो समूह पाएको छ । फ्रान्स भने कठिन समूहमा परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रमुख आतिथ्यतामा वासिङ्टनमा आयोजित कार्यक्रममा उनलाई फिफाले नयाँ शान्तिको पुरस्कार पनि प्रदान गरेको थियो ।
पछिल्लो विश्वकप विजेता अर्जेन्टिनाले अल्जेरियाविरुद्ध खेलेसँगै प्रतियोगिताको सुरुआत गर्नेछ । पहिलो पटक अबको विश्वकपमा ४८ टिमको सहभागिता रहनेछ । त्यसमध्ये ४२ टिमको निर्णय भइसकेको छ । बाँकी ६ टिमका लागि प्लेअफ खेल हुनेछ ।
सहभागी टिमको समूह विभाजनअनुसार समूह ‘ए’ मा मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र युरोपेली प्लेअफ ‘डी’ विजेता परेका छन् । समूह ‘बी’ मा आयोजक क्यानडा, युरोपेली प्लेअफ ‘ए’ विजेता, कतार र स्विट्जरल्यान्ड परेका छन् ।
समूह ‘सी’ मा ब्राजिल, मोरक्को, हाइटी र स्कटल्यान्ड, समूह ‘डी’ मा आयोजक अमेरिका, पाराग्वे, अस्ट्रेलिया, युरोपेली प्लेअफ ‘सी’ विजेता परेका छन् । समूह ‘ई’ मा जर्मनी, क्युरासाउ, आइभरी कोस्ट र इक्वेडर, समूह ‘एफ’ मा नेदरल्यान्ड्स, जापान, युरोपेली प्लेअफ ‘बी’ विजेता, ट्युनिसिया तथा समूह ‘जी’ मा बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड परेका छन् ।
समूह ‘एच’ मा स्पेन, केप भार्डे, साउदी अरेबिया र उरुग्वे, समूह ‘आई’ मा फ्रान्स, सेनेगेल, प्लेअफ फिफा–टु विजेता र नर्वे, समूह ‘जे’ मा अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन, समूह ‘के’ मा पोर्चुगल, प्लेअफ फिफा–वान, उज्वेकिस्तान र कोलम्बिया तथा समूह ‘एल’ मा इंग्ल्यान्ड, क्रोएसिया, घाना र पानामा परेका छन् ।
