सिटी शीर्षबाट दुई अंकको दूरीमा

सिटीले इतिहाडमा भएको खेलमा दस खेलाडीमा सीमित सन्डरल्यान्डलाई सजिलै ३–० ले हरायो ।

मंसिर २१, २०८२

कान्तिपुर संवाददाता

City are two points off the top

काठमाडौँ — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानसँगको दूरी शनिबार दुई अंकमा छोट्याएको छ । सिटीले इतिहाडमा भएको खेलमा दस खेलाडीमा सीमित सन्डरल्यान्डलाई सजिलै ३–० ले हरायो ।

त्यसमा रुबेन डियास, योस्को ग्वार्डियोल र फिल फोडेनले गोल गरे । यो जितपछि सिटीको १५ खेलबाट ३१ अंक भएको छ । आर्सनल भने समान खेलबाट ३३ अंकमा शीर्षमा छ ।  

अन्य खेलमा एभरटनले नटिंघम फरेस्टलाई ३–०, न्युकासल युनाइटेडले बर्नलीलाई २–१ र टोटनहमले ब्रेन्टफोर्डलाई २–० ले हरायो । चेल्सीले बर्नमाउथसँग गोलरहित तथा लिभरपुलले लिड्स युनाइेटडसँग ३–३ को बराबरी खेल्यो ।

लिग तालिकामा एस्टन भिल्ला ३० अंकमा तेस्रो तथा चेल्सीले २५ अंकमा चौथो स्थानमा छ ।

कान्तिपुर संवाददाता

Link copied successfully