क्लबस्तरीय आमन्त्रित भलिबल प्रतियोगिता अन्तर्गत फाइनलमा आयोजक भम्बक युनाइटेडलाई २५–२२, २५–१३ र २५–२० अंकसहित जित हात पारेको हो ।
What you should know
पाल्पा — बाग्लुङको नरेठाँटी युवा क्लब (एनवाईसी) गल्कोटले पाल्पाको रामपुर नगरपालिकास्थित दोस्रो भम्बक युनाइटेड भलिबल कपको उपाधि जितेको छ ।
रामपुर नगरपालिका–५, रामपुर भम्बकमा सम्पन्न प्रतियोगिताको फाइनलमा एनवाईसी बाग्लुङ्ले आयोजक भम्बक युनाइटेड क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।
क्लबस्तरीय आमन्त्रित भलिबल प्रतियोगिता अन्तर्गत फाइनलमा आयोजक भम्बक युनाइटेडलाई २५–२२, २५–१३ र २५–२० अंकसहित जित हात पारेको हो । जितसँगै विजेता एनवाइसी नरेठाँटी युथ क्लबले नगद २ लाख रुपैयाँसहित सिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
उपविजेता आयोजकले १ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । तेस्रोका लागि भएको प्रतियोगितामा ठकुरी दर्शन समाज शुक्लगण्डकी तनहुँलाई पाल्पा भलिबल संघले ३–१ को सेटमा परचजित गरेको छ ।
प्रतियोगिता अन्तर्गत पहिलो, दोस्रो र चौथो सेट पाल्पा भलिबल संघले २५–२३, २५–२३ र २५–१५ अंक सहित हात पारेको थियो भने तेस्रो सेट ठकुरी समाजले २५–२० अंकसहित जित हासिल गरेको थियो । पाल्पा भलिबल संघले तेस्रो भएसँगै ५० हजार र सान्तवना भएको शुक्लागण्डकी तनहुँले ३० हजार नगद, ट्रफी र प्रमाणपत्र पाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नरेठाँटी युथ क्लबका सन्जु विक्रम शाह भए । उनले नगद १० हजार ट्रफि र मेडल पाए । बेस्ट सेटर नरेठाँटीकै सन्तोष विक, उत्कृष्ट स्पाइकर भम्बक युनाइटेडका रवि केसी, उत्कृष्ट ब्लकर नरेठाँटीका विश्वास अधिकारी, उत्कृष्ट डिफेण्डर नरेठाँटीका राजन दर्लामी मगर, राइजिङ प्लेयर नरेठाँटी कै विप्लव शाही ठकुरी भएका छन् । विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद ५ सहित ट्रफि र मेडल प्राप्त गरे ।
