स्केटिङमा साम्देन र निमिशा विजयी

सुन्दरीजलदेखि गोकर्णस्थित द स्केटल्यान्ड स्केटपार्कसम्म ५ किलोमिटर दुरीको भएको प्रतियोगितामा साम्देन विजयी हुँदा अनिश गुरुङ दोस्रो र सफल थापा तेस्रो भए ।

मंसिर २०, २०८२

कान्तिपुर संवाददाता

Samden and Nimisha win in skating

काठमाडौँ — नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र द स्केटल्यान्ड स्केटपार्क गोकर्णको संयुक्त आयोजनामा शनिबार पहिलो पटक भएको राष्ट्रियस्तरको ओपन स्केट म्याराथन प्रतियोगितामा साम्देन ग्याल्बो शेर्पा र निमिशा पाख्रिन विजेता भएका छन् ।

सुन्दरीजलदेखि गोकर्णस्थित द स्केटल्यान्ड स्केटपार्कसम्म ५ किलोमिटर दुरीको भएको प्रतियोगितामा साम्देन विजयी हुँदा अनिश गुरुङ दोस्रो र सफल थापा तेस्रो भए । महिलातर्फ निमिशालाई पछ्याउँदै मोनिका मगर दोस्रो र सिवानी रेग्मी तेस्रो भए ।

प्रमुख प्रशिक्षक दिलीपराज बरालले महिला र पुरुषमा करिब २ सय स्वदेशी र विदेशीले भाग लिएको जानकारी गराए । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिजाल र स्केटिङ संघका अधक्ष्य अच्युत खनालले प्रतियोगिताको उद्घाटन तथा खेलाडीलाई पुरस्कृत गरेका थिए । विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले १५ हजार पुरस्कार पाएका थिए । एनओसी अध्यक्ष श्रेष्ठले स्केटिङ खेलले नेपाली खेलाडीले यहाँ मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत पदक जित्ने बिश्वास व्यक्त गरे ।

Samden and Nimisha win in skating

कान्तिपुर संवाददाता

Link copied successfully