एनपीएल : पोखराविरुद्ध चितवन ब्याटिङमा

यी दुवै टोली यसअघि प्लेअफ दौडबाट बाहिरिसकेका छन् । ६ खेलमा दुवैको ४ अंक छ ।

मंसिर २०, २०८२

कान्तिपुर संवाददाता

NPL: Chitwan bats against Pokhara

काठमाडौँ — चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शनिबारको दोस्रो खेलमा पहिला ब्याटिङ गर्ने भएको छ ।

चितवनका कप्तान कुशल मल्लले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेपछि पोखरा एभेन्जर्सलाई फिल्डिङमा राख्ने निर्णय गरेका हुन् । यी दुवै टोली यसअघि प्लेअफ दौडबाट बाहिरिसकेका छन् । ६ खेलमा दुवैको ४ अंक छ । विजयी हुने टोली पाँचौं हुनेछ । गत सिजन चितवनले पोखरालाई ८७ रनले पराजित गरेको थियो । दुवै सिजनमा गरेर पोखरा प्लेअफमा नपुग्ने एक मात्र टोली हो ।

चितवनबाट इंग्लिस बलर जर्ज स्क्रिमसवको स्थानमा युगान्डाका अल्पेश रामजानी र अमरसिंह रौटेलाका स्थानमा गौतम केसी खेलिरहेका छन् । दुवैको एनपीएलमा यो पहिलो खेल हो ।

पोखराले अघिल्लो खेल खेलेको टोलीबाट ३ खेलाडी परिवर्तन गरेको छ । रोहित चन्द, कृष्ण पौडेल, अर्जुन कुमाल तीनै जनाले एनपीएलमा ‘डेब्यु’ गर्दै छन् । उनीहरुले सागर ढकाल, आकाश चन्द र सन्दीप क्षेत्रीको स्थान लिनेछन् । 

कान्तिपुर

Link copied successfully