कोरियन एम्बासडर तेक्वान्दो आर्मीलाई १० स्वर्ण

सातदोबाटोस्थित तेक्वान्दो संघको एकेडेमी हलमा शनिबार सम्पन्न च्याम्पियनसिपमा अर्को विभागीय टोली नेपाल पुलिस क्लब ६ स्वर्ण, ५ रजत र ४ कांस्य पदक जित्दै दोस्रो भयो ।

मंसिर २०, २०८२

कान्तिपुर संवाददाता

Korean Ambassador Taekwondo Army wins 10 gold medals

What you should know

काठमाडौँ — त्रिभुवन आर्मी क्लबले १० स्वर्ण, १२ रजत र १० कांस्य पदकसहित १३ औं कोरियन एम्बासडर तेक्वान्दो प्रतियोगिताको च्याम्पियन ट्रफी जितेको छ ।

सातदोबाटोस्थित तेक्वान्दो संघको एकेडेमी हलमा शनिबार सम्पन्न च्याम्पियनसिपमा अर्को विभागीय टोली नेपाल पुलिस क्लब ६ स्वर्ण, ५ रजत र ४ कांस्य पदक जित्दै दोस्रो भयो । तेस्रो स्थानको एपीएफ क्लबले ४ स्वर्ण, २ रजत र २ कांस्य पदक जितेको थियो ।

चिल्ड्रेनतर्फ ललितपुरको स्वस्तिक तेक्वान्दो डोजाङल पहिलो भयो । स्वस्तिकले ७ स्वर्ण, १ रजत र ४ कांस्य पदक जित्यो । दोस्रो भएको जैसीदेवलले २ स्वर्ण र १ कांस्य पायो । तेस्रो भएको गोदावरी डोजाङले १ स्वर्ण र ३ कांस्य जित्यो ।

क्याडेटमा पोखरी तेक्वान्दो डोजाङ पहिलो भयो । पोखरीले २ स्वर्ण, १ रजत र ३ कांस्य जित्यो । दोस्रो स्थान हात पारेको स्वस्तिक डोजाङले १ स्वर्ण, १ रजत र १ कांस्य तथा तेस्रो स्थान हात पारेको गोदावरी फिटनेसले १ स्वर्ण, १ रजत र १ कांस्य जित्यो ।

जुनियरमा पहिलो भएको विजेश्वरी सैनिक स्कुलले तीन स्वर्ण र एक कांस्य, दोस्रो भएको गोर्खाली डोजाङले दुई स्वर्ण, एक रजत र एक कांस्य तथा तेस्रो स्थान भएको खुदुनाबारी डोजाङले एक स्वर्ण र एक कांस्य पदक जितेको थियो ।

Korean Ambassador Taekwondo Army wins 10 gold medals

नेपाल तेक्वान्दो संघको आयोजना र नेपालस्थित दक्षिण कोरियाली दूतावासको विशेष सहयोगमा सञ्चालित च्याम्पियनसिपको सिनियरतर्फ पुरुषमा नेपाली पुलिस क्लबका आशिष भण्डारी र महिलामा आर्मीकी स्वस्तिका तामाङ सर्वोत्कृष्ट खेलाडी चुनिए ।

चिन्ड्रेनतर्फ पुरुषमा स्वस्तिक डोजाङका सुमन तामाङ र महिलामा विष्णुदेवी डोजाङकी रेश्मा गुरुङ उत्कृष्ट भए । क्याडेटतर्फ ब्वाइजमा पोखरी डोजाङका करण यादव र गर्ल्समा गोदावरी डोजाङकी युमी पाख्रिन उत्कृष्ट भए । जुनियर ब्वाइजमा जैसीदेवल डोजाङका राहुलहाङ लिम्बू र गर्ल्समा सानोठिमीकी सोया चक्रधर सर्वोत्कृष्ट खेलाडी चुनिए ।

विजेता खेलाडीलाई पूर्वयुवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङ, संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक भानबहादुर चन्द, महासचिव हेमन्त डाँगी, केन्द्रीय सदस्य बब्लु सिवाकोटीलगायतले पुरस्कार प्रदान गरे ।  

कान्तिपुर संवाददाता

Link copied successfully