ओल्ड ट्रायफोर्डमा युनाइटेडले डिएगो डालोटको गोलले ५८ औं मिनेटमा अग्रता लिएको थियो । लिगमा उनले १९ महिनायता पहिलो गोल गरेका हुन् ।
काठमाडौँ — म्यानचेस्टर युनाइटेड आफूले लिएको अग्रतालाई फेरि एकपल्ट रक्षा गर्न असफल भएको छ र यसैक्रममा इंग्लिस प्रिमियस लिगमा बिहीबार वेस्ट ह्यामको हातबाट १–१ को बराबरीमा रोकिएको छ ।
ओल्ड ट्रायफोर्डमा युनाइटेडले डिएगो डालोटको गोलले ५८ औं मिनेटमा अग्रता लिएको थियो । लिगमा उनले १९ महिनायता पहिलो गोल गरेका हुन् ।
तर खेल सकिन सात मिनेट अगाडि सोंगोटोउ मागासाले वेस्ट ह्यामका लागि बराबरी गोल फर्काए । यो नतिजापछि युनाइटेड २२ अंकमा आठौं स्थानमा रह्यो ।
वेस्ट ह्याम भने अझै रेलिगेसन क्षेत्रमा छ र उसको १४ खेलबाट १२ अंक मात्र रहेको छ ।