दशरथ रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा ट्रान्सपोटले दबाब बनाए पनि कुनै टिमले गोल गर्न सकेनन्, दुबै टिमले एक–एक अंक बटुले।
काठमाडौँ — ट्रान्सपोर्ट युनाइटेड र कराँची सिटीले साफ वुमेन्स क्लब च्याम्पियनसिप २०२५ मा शुक्रबार त्यस्तो बराबरी खेलेका छन्, जसले दुवै टिमलाई फाइदा गर्ने छैन ।
दशरथ रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा दुवै टिमले शृंखलाद्ध आक्रमण बुने पनि गोल भने गर्न सकेनन् । पछिल्लो भुटानी वुमेन्स लिगको दोस्रो स्थानमा रहेको ट्रान्सपोटले खेलमाथि प्रभुत्व जमाए पनि त्यसको फाइदा लिन सकेनन् ।
यस नतिजासँगै दुवै टिमले एक एक अंक बटुलेका छन् । कुल पाँच टिमको सहभागिता रहेको प्रतियोगितामा सुरुमा लिग चरणका खेल हुनेछ । त्यसको समाप्तीमा शीर्ष दुई स्थानमा रहने टिम फाइनल पुग्नेछ ।
शुक्रबारकै दोस्रो खेलमा नेपाली च्याम्पियन एपीएफले बंगलादेशको नसरिन स्पोर्टस एकेडेमीको सामना गर्नेछ ।
