बिलबाओमाथि रियलको सजिलो जित

यो जितपछि रियलले शीर्षमा रहेको बार्सिलोनासँगको दूरी फेरि एक अंकमा छोट्याएको छ ।

मंसिर १८, २०८२

कान्तिपुर संवाददाता

Real Madrid's easy win over Bilbao

काठमाडौँ — केयलिन एमबापेले दुई गोल गर्दै अर्कोमा सहयोगी भूमिका निभाएपछि रियल म्याड्रिडले स्पेनी ला लिगामा बुधवार एथलेटिको बिलबाओमाथि सजिलो ३–० को जित निकालेको छ ।

यो जितपछि रियलले शीर्षमा रहेको बार्सिलोनासँगको दूरी फेरि एक अंकमा छोट्याएको छ । बिलबाओको सान मेम्समा प्राप्त तीन अंकपछि रियलले घर बाहिरको लगातार तीन बराबरीको नतिजामा पनि पूर्ण विराम लगाएको छ ।

एमबापेले सातौँ मिनेटमा पहिलो गोल गरेपछि ५९ औँ मिनेटमा दोस्रो थपे । त्यसबीच एडुवार्डो कोमाभिन्गाले ४२ औँ मिनेटमा अर्को गोल गरे । हारले बिलबाओ २० अंकमा आठौँ स्थानमा रह्यो ।

कान्तिपुर

Link copied successfully