विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् ।
झापा — झापामा भइरहेको अर्जुनधारा खुला महिला भलिबल खेलमा नेपाल पुलिस क्लबले न्यु डायमन्ड भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको छ ।
पुलिसले २५–१९, २५–१४, २५–१७ को सेटमा जित निकालेको हो । प्लेयर अफ द म्याच पुलिसका रीमा कुँवर भएकी छन् । अर्को खेलमा एपीएफले त्रिभुवन आर्मीलाई ३–१ को सेटले हरायो । एपीएफ २५–१५, २२–२५, २५–१८, २५–१८ को सेटमा विजयी भयो । प्लेयर अफ द म्याच एपीएफकी सृष्टि खड्गी भएकी छिन् । प्लेयर अफ द म्याचले ५ हजार पाए । विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार जित्ने छन् । तेस्रो हुने दुई टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् ।