पोखरासँग काठमान्डुको ब्याटिङ

गत सिजन दुवै टिम प्लेअफमा पुग्न असफल भएका थिए, यसपटक भने काठमाडौँले टिममा सन्नी पटेललाई समेटेको छ र पोखरामा कुनै परिवर्तन छैन।

मंसिर १८, २०८२

कान्तिपुर संवाददाता

Kathmandu's batting against Pokhara

काठमाडौँ — पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबार खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । पोखराका कप्तान कुशल भुर्तेलले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेर काठमान्डु गोर्खाजलाई ब्याटिङका लागि बोलाएका छन् ।

काठमान्डुको लिग चरणमा आज यो अन्तिम खेल हो । टोलीले ६ मध्येको ४ खेल जितेको छ । पोखरालाई पराजित गरेमा काठमान्डुको शीर्ष २ मा पर्दै क्वालिफायर–१ खेल्ने सम्भावना बलियो हुनेछ । गत सिजन काठमाडौंले पोखरालाई ६ विकेटले पराजित गरेको थियो, तर दुवै टोली प्लेअफमा पुग्न असफल रहेका थिए ।

पोखरालाई शीर्ष चारमा पर्न यो खेल जित्नै पर्ने दबाब रहेको छ । पोखराले ५ खेलमा २ जित र ३ हारको स्थितिमा रहेको छ । पोखराले चितवनसँग शनिबार लिगको अन्तिम खेल खेल्दै छ । पोखराले अघिल्लो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गरेको थियो । सो खेलमा पोखराले २ सय १ रन बनाएको थियो । पोखरा एनपीएलमा २ सय रन पार गर्ने दोस्रो टोली बनेको थियो ।

कर्णालीसँग पछिल्लो खेल खेलेको टोलीबाट पोखराको टोलीमा कुनै परिवर्तन गरिएको छैन । काठमान्डुको टोलीमा सन्नी पटेलले स्थान बनाएका छन् । उनले जेहर्राड इरसमसको स्थान लिने छन् । नामिबियाका कप्तान इरसमस आईएल–टी–२० खेल्न दुबई लागिसकेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully