आर्सनलको अग्रता पाँच अंक कायम

यो जितपछि आर्सनलको १४ खेलबाट ३३ अंक भएको छ । म्यानचेस्टर सिटी २८ अंकमा दोस्रो स्थानमा छ ।

मंसिर १८, २०८२

कान्तिपुर संवाददाता

Arsenal's lead remains five points

काठमाडौँ — आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्षमा आफ्नो अग्रतालाई बुधवार पाँच अंक कायम राखेको छ । उसले यसका लागि इमिरेट्समा भएको खेलमा ब्रेन्टफोर्डलाई सजिलै २–० ले हरायो ।

त्यसमा मिखेल मेरिनो र बुकायो साकाले एक एक गोल गरे । यो जितपछि आर्सनलको १४ खेलबाट ३३ अंक भएको छ । म्यानचेस्टर सिटी २८ अंकमा दोस्रो स्थानमा छ ।

एस्टन भिल्ला भने २७ अंकमा तेस्रो स्थानमा छ । भिल्लाले अर्को खेलमा ब्राइटनलाई ४–३ ले पराजित गर्‍यो । लिड्सले चेल्सीमाथि ३–१ को जित रच्यो । हारले चेल्सी २४ अंकमा चौथामा झर्‍यो । क्रिस्टल प्यालेसले भने बर्नलीलाई १–० ले हरायो र चौथो स्थान उक्लिन सफल रह्यो । प्यालेसको २३ अंक भएको छ ।

यस्तै नटिंघम फरेस्टले उल्भ्सलाई १–० ले पन्छायो । लिभरपुल र सन्डरल्यान्डले भने १–१ को बराबरी खेले ।

कान्तिपुर

Link copied successfully