रायपुरमा भएको खेलको यो नतिजापछि सिरिज १–१ को रोमाञ्चक बराबरीमा पुगेको छ । अब निर्णायक, अन्तिम तथा तेस्रो खेल शनिबार विशाखापट्नममा हुनेछ ।
काठमाडौँ — दक्षिण अफ्रिकाले दोस्रो वान डेमा बुधबार भारतलाई चार विकेटले पराजित गरेको छ । रायपुरमा भएको खेलको यो नतिजापछि सिरिज १–१ को रोमाञ्चक बराबरीमा पुगेको छ । अब निर्णायक, अन्तिम तथा तेस्रो खेल शनिबार विशाखापट्नममा हुनेछ ।
जितका लागि ३ सय ५९ रन पछ्याएको दक्षिण अफ्रिकाले ४९.२ ओभरमा छ विकेट गुमाएर ३ सय ६२ रन बनाएको थियो । त्यसमा ओपनर एडेन मारक्रमले ९८ बलमा १ सय १० रन बनाए ।
उनले १० चौका र चार छक्का प्रहार गरे । यस्तै म्याथ्यु ब्रेट्ज्केले ६८ र डेवाल्ड ब्रेभिसले ५४ रन बनाए । त्यस अगाडि पहिले ब्याटिङ गरेको भारतले पाँच विकेट गुमाएर ३ सय ५८ रन बनाएको थियो ।
त्यसमा विराट कोहलीले १ सय २ र रितुराज गायकवाडले १ सय ५ रन बनाए । यस्तै केएल राहुलले ६६ रनको योगदान दिए ।
