हालान्डले छोए सय गोलको उपलब्धि

उनी प्रिमियर लिगमा सबैभन्दा चाँडै सय गोल गर्ने खेलाडी पनि बनेका छन् ।

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

Haaland reaches 100 goals

काठमाडौँ — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा मंगलबार फुलहममाथि नाटकीय ५–४ को नाटकीय जित हात पारेको छ । त्यसमा इर्लिङ हालान्डले लिगको सयौं गोलको उपलब्धि छोएका छन् ।

उनी प्रिमियर लिगमा सबैभन्दा चाँडै सय गोल गर्ने खेलाडी पनि बनेका छन् । उनले सिटीका लागि १ सय ११ खेलमा सय गोल गरेका हुन् । हालान्डले न्युकासलका एलान सिएररको नाममा रहेको कीर्तिमान उछिनेका हुन् ।

सिएररले १ सय २४ खेलमा सय गोल गरेका थिए । फुलहममाथिको जितमा भने फिल फोडेनले दुई गोल गरे । यो नतिजापछि सिटीको १४ खेलबाट २८ अंक भएको छ र यो शीर्षमा रहेको आर्सनलसँग दुई अंकको दूरी हो ।

मंगलबारका अन्य खेलमा एभरटनले बर्नमाउथलाई १–० ले हरायो भने न्युकासल युनाइटेड र टोटनहमले २–२ को बराबरी खेले ।

कान्तिपुर

Link copied successfully