शीर्षमा बार्सिलोनाको अग्रता चार अंक

बार्सिलोनाका लागि क्याम्प नुमा राफिन्हा, डानी ओल्मो र फेरान टोरेसले गोल गरे । लिगमा बार्सिलोनाको यो लगातार पाँचौं जित हो ।

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

Barcelona lead the table by four points

काठमाडौँ — बार्सिलोनाले एटलेटिको म्याड्रिडमाथि मंगलबार ३–१ को शानदार पुर्नआगमन जित रच्दै स्पेनी ला लिगाको शीर्षमा चार अंकको अग्रता लिएको छ । उलेक्स बाएनाले एटलेटिकोलाई सुरुमा अग्रता दिलाएका थिए ।

त्यसपछि बार्सिलोनाका लागि क्याम्प नुमा राफिन्हा, डानी ओल्मो र फेरान टोरेसले गोल गरे । लिगमा बार्सिलोनाको यो लगातार पाँचौं जित हो ।

यो जितपछि बार्सिलोनाको १५ खेलबाट ३७ अंक भएको छ । उसको पछाडि रियल म्याड्रिड १४ खेलबाट ३३ अंकमा रहेको छ । एटलेटिको भने ३१ अंकमा चौथो स्थानमै सीमित रह्यो । भिल्ला रियल भने ३२ अंकमा तेस्रो स्थानमा रहेको छ ।

कान्तिपुर

Link copied successfully