मंगलबार पत्रकार सम्मेलन गर्दै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच मैत्रीपूर्ण प्रतियोगिता हुने जानकारी दिइएको हो ।
सुर्खेत — ३४ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार प्रदेश रंगशालामा सेभ द चिल्ड्रेनको सहयोगमा स्पाइनल इन्जुरी संघको आयोजनामा मैत्रीपूर्ण ह्विलचेयर बास्केट प्रतियोगिता हुने भएको छ।
मंगलबार पत्रकार सम्मेलन गर्दै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच मैत्रीपूर्ण प्रतियोगिता हुने जानकारी दिइएको हो ।
संघका सल्लाहकार दिव्यराज खड्काले खेलकुदका माध्यमबाट सचेतना र सशक्तीकरण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना हुन लागेको बताए। प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले कर्णाली प्रदेशमा ३.१४ प्रतिशत अपांगता भएका व्यक्तिहरू रहेकाले अपांगतामैत्री नीति बनाउने कामहरू भइरहेको बताए ।
उनले अन्तर्राष्ट्रिय दिवसको अवसरमा विभिन्न साझेदार संस्थाहरूको समन्वयमा कचहरी कार्यक्रम, दीप प्रज्ज्वलन, र्याली, बास्केटबल प्रतियोगिता तथा शुभकामना सन्देशजस्ता कार्यक्रमहरु गर्न थालेको बताए ।
