क्रेमोन्सेको जितमा भार्डी नायक

लेस्टर सिटीका पूर्व इंग्लिस खेलाडीले खेलको ३५ र ५० औं मिनेटमा गोल गरे ।

मंसिर १६, २०८२

कान्तिपुर संवाददाता

Vardy the hero in Cremonese win

काठमाडौँ — जेमी भार्डीले गरेको दुई गोलको मद्दतले इटालीको सिरी 'ए'मा क्रेमान्सेले सोमबार बोलोग्नालाई ३–१ ले पराजित गरेको छ । लेस्टर सिटीका पूर्व इंग्लिस खेलाडीले खेलको ३५ र ५० औं मिनेटमा गोल गरे ।

इटालीमा उनको यो पहिलो पटक दुई गोलको प्रदर्शन हो । रेनाटो डालऐरामा क्रेमोन्सेले मार्टिन पायेरोको गोलले अग्रता लिएको थियो । त्यसपछि रिकार्डो आरसोलिनीले घरेलु टिमका लागि एक गोल फर्काए ।

यो जितपछि यसै सिजन बढुवा भएर आएको क्रेमोन्सेको १३ खेलबाट १७ अंक भएको छ र ११ औं स्थानमा छ । लयमा रहेको बोलोग्ना भने हारपछि २४ अंकमा छैटौं स्थानमा रह्यो ।

कान्तिपुर

Link copied successfully