भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जेसिजले प्यारामाउन्ट बोर्डिङलाई ७ विकेटले हरायो ।
What you should know
भैरहवा — शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार जेसिज सेकेन्डरी र भैरहवा नमुना मावि विजयी भएका छन् ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जेसिजले प्यारामाउन्ट बोर्डिङलाई ७ विकेटले हरायो ।
टस हारेर ब्याटिङ गरेको प्यारामाउन्टले १८.२ ओभरमा अलआउट हुँदै ८४ रन बनायो । आर्यन भण्डारीले ३८ र अर्पण कोइरालाले ११ रन बनाए । जेसीजका अमितकुमार यादवले ४ र प्रथम जीएमले २ विकेट लिए ।
जवाफमा जेसिजले १२ ओभरमा ३ विकेट गुमाई ८५ रन बनाएर जित निकाल्यो । अमोज बस्यालले २६, शाही आलम अन्सारीले नटआउट १६ र सम्राट राईले १३ रन बनाए । प्यारामाउन्टका सुशान्त सिलवाल र दर्शन क्षेत्रीले १–१ विकेट लिए । जेसीजका अमितकुमार यादव प्लेयर अफ द म्याच भए ।
दोस्रो खेलमा नमुनाले मोर्डन स्कुलमाथि ४ विकेटको जित निकाल्यो । टस हारेको मोर्डनले ९ विकेट गुमाई १ सय ६५ रन बनायो । समीर खानले अविजित ७१, आर्यन चौरसियाले २४ र इर्शाद खानले १८ रन बनाए । भैरहवा नमुनाका मेहताब आलमले ४ र सोमनाथ चौधरीले ३ विकेट लिए ।
जवाफमा भैरहवा नमुनाले १९.४ ओभरमा ६ विकेट गुमाई १ सय ६६ रन बनाएर जित निकाल्यो । सोमनाथ चौधरीले नटआउट ३२, सत्यम हरिजनले २८, मेहताब आलमले १८ र तवराज इद्रिसले १५ रन बनाए । खेलमा नमुनाले अतिरिक्त ४८ रन पायो । मोर्डनका दिलजन मोहमद र शादब खानले २–२ विकेट लिए । मेहताब आलम प्लेयर अफ द म्याच भए ।
