कोरियन एम्बासडर तेक्वान्दो : मधुसुदन र निरुकुमारीलाई स्वर्ण

स्वस्तिक तेक्वान्दो डोजाङका प्रेमकुमार दर्नाल दोस्रो तथा महालक्ष्मी तेक्वान्दो डोजाङका रामकुमार श्रेष्ठ र रमन थापाले कांस्य पदक जिते ।

मंसिर १६, २०८२

कान्तिपुर संवाददाता

Korean Ambassador Taekwondo: Madhusudan and Nirukumari win gold

What you should know

काठमाडौँ — ज्ञान मन्दिर डोजाङका मधुसुदन सापकोटाले १३औं कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा मंगलबार ४० वर्षमाथिको उमेर समूहको व्यक्तिगत पुम्सेमा उनले स्वर्ण जिते ।

स्वस्तिक तेक्वान्दो डोजाङका प्रेमकुमार दर्नाल दोस्रो तथा महालक्ष्मी तेक्वान्दो डोजाङका रामकुमार श्रेष्ठ र रमन थापाले कांस्य पदक जिते ।

महिला ४० वर्षमाथि एकल पुम्सेमा मकवानपुरकी निरुकुमारी मगर पहिलो, ललितपुरकी पुनम श्रेष्ठ दोस्रो र ललितपुरकै कमला गिरी शाहले तेस्रो स्थान हात पारे । ३० वर्षमुनि पेयर पुम्सेमा विभागीय टोली त्रिभुवन आर्मीका स्वस्तिका तामाङ र युवराज रानाको जोडीले स्वर्ण, पुलिस क्लबका निशा दर्नाल र असिम राउतले रजत तथा एपीएफ क्लबका साकार महतरा र सञ्जना घर्तीमगर र आर्मीका लक्ष्मी सुनाखरी र रवीन्द्र थारुले कांस्य पदक जिते ।

पुरुष ३० वर्षमुनि एकल पुम्सेमा आर्मीका युवराज राना पहिलो, पुलिसका असिम राउत दोस्रो, राष्ट्रिय टोलीका निर्मल पुन मगर तथा आर्मीका अस्मिन राईले तेस्रो स्थान हात पारे । १४ वर्षमुनि महिला एकल पुम्सेमा गोदावरी फिटनेसकी युमी पाख्रिनले स्वर्ण, जैसीदेवल डोजाङकी शुभेच्छा गजुरेलले रजत, स्वस्तिक डोजाङकी रेजिना तामाङ र बालाजु डोजाङकी सन्ध्या प्रधानले कांस्य पदक जिते ।

१२ वर्षमुनिको पेयर पुम्सेमा स्वस्तिक डोजाङका सुमन तामाङ र युनिशा राना मगर, स्वस्तिककै अर्लिना चौधरी र पाउलसन दर्नाल, स्वस्तिककै लक्ष्मी न्यौपाने र उर्गेन तामाङ तथा श्री सिद्धार्थ डोजाङका ओसन गुरुङ र निमिसा भुजेलको जोडीले क्रमशः स्वर्ण, रजत र कांस्य पदक जिते ।

मंसिर २० सम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेलाडीले भाग लिएका छन् ।

कान्तिपुर

Link copied successfully