भालेकानो र भ्यालेन्सियाबीच बराबरी

यो नतिजापछि भालेकानो १४ खेलबाट १७ अंकमा नवौं स्थानमा रह्यो ।

मंसिर १६, २०८२

कान्तिपुर संवाददाता

Draw between Vallecano and Valencia

काठमाडौँ — स्पेनी ला लिगामा रायो भालेकानो र भ्यालेन्सियाले सोमबार १–१ को बराबरी खेलेका छन् । यो नतिजापछि भालेकानो १४ खेलबाट १७ अंकमा नवौं स्थानमा रह्यो । सेभिया भने समान खेलबाट १६ अंकमा १३ औं स्थानमा छ ।

स्टाडियो ड भालेकासमा भएको खेलमा भालेकानोले नोबल मेन्डीको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । भ्यालेन्सियाका लागि डिएगो लोपेजले दोस्रो हाफमा बराबरी गोल फर्काए ।

लिगमा १४ औं चरणका खेल सकिँदा बार्सिलोना ३४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने रियल म्याड्रिड ३३ अंकमा दोस्रो स्थानमा रहेको छ । भिल्लारियल ३२ र एटलेटिको म्याड्रिड ३१ अंकमा शीर्ष चारभित्र रहेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully