नेपालले विश्व ईस्पोर्टस् च्याम्पियनसिप खेल्दै

प्रतियोगिता डिसेम्बर ३ देखि ७ सम्म मलेसियाको क्वालालम्पुरमा हुनेछ ।

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

Nepal is playing in the World Esports Championship

काठमाडौँ — नेपालले आईईएसएफ विश्व ईस्पोर्टस् च्याम्पियनसिप २०२५ मोबाइल लेजेन्ड्स : ब्याङ ब्याङ (एमएलबीबी) मा सहभागिता जनाउने भएको छ ।

प्रतियोगिता डिसेम्बर ३ देखि ७ तारिखसम्म मलेसियाको क्वालालम्पुरमा हुँदै छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार मलेसिया जाने ईस्पोर्ट्स टिमलाई बिदाइ गरे । 

आईईएसएफ विश्व ईस्पोर्टस्‌मा नेपालले महिला र पुरुष दुवै विधामा सहभागिता जनाउनेछ । पुरुष टिममा विकास तामाङ, किशोर गुरुङ, आयुष भण्डारी, आयुष राई र अभिषेक वाइबा रहेका छन् । प्रशिक्षकमा म्याथ्यू ह्वी योङ तान छन् । 

महिला एमएलबीबीमा रुशु तामाङ, प्रकृति तामाङ, स्नेहा राई, एक्सा माबो र दुर्सन राईले प्रतिस्पर्धा गर्नेछन् । महिला टोलीको प्रशिक्षकमा सुमित श्रेष्ठ छन् ।

कान्तिपुर

Link copied successfully