नेपोली दोस्रो स्थानमा

एसी मिलान १३ खेलबाट २८ अंकमा शीर्षमा छ । उसको पछाडि नेपोलीको पनि समान २८ अंक नै छ ।

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

Napoli in second place

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन नेपोलीले उपाधिको होडमा निर्णायक सावित हुन सक्ने खेलमा आइतबार एएस रोमालाई १–० ले पराजित गरेको छ र यससँगै दोस्रो स्थानमा उक्लेको छ । खेलको एक मात्र गोल डाविभ नेरेसले ३६ औं मिनेटमा गरे ।

एसी मिलान १३ खेलबाट २८ अंकमा शीर्षमा छ । उसको पछाडि नेपोलीको पनि समान २८ अंक नै छ । यस्तै इन्टर मिलान २७ अंकमा तेस्रोमा रह्यो । पराजित रोमा भने २७ अंकमा चौथो स्थानमा झरेको छ ।

इन्टरले अर्को खेलमा पिसालाई २–० ले हराएको हो । त्यसमा दुवै गोल लउतारो मार्टिनेजले गरे । अन्य खेलमा लेसले टुरिनोलाई २–१ र एटलान्टाले फियोरेन्टिनालाई २–० ले हरायो ।

कान्तिपुर

Link copied successfully