यो नतिजापछि आर्सनलको १३ खेलबाट ३० अंक भएको छ ।
काठमाडौँ — इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको आर्सनलले आइतबार दस खेलाडीमा सीमित चेल्सीसँग १–१ को बराबरी खेलेको छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले मोइस काइसेडोलाई रातो कार्डमा सुरुमै गुमाएको थियो ।
त्यसपछि दोस्रो हाफमा ट्रेभोह चालोबहले गोल गर्दै चेल्सीलाई अग्रतामा राखे । लगतै मिखेल मेरिनोले आर्सनलका लागि बराबरी गोल फर्काए । यो नतिजापछि आर्सनलको १३ खेलबाट ३० अंक भएको छ ।
उसको पछाडि म्यानचेस्टर सिटीको २५ र चेल्सीको २४ अंक छ । एस्टन भिल्ला पनि २४ अंकमै चौथो स्थानमा छ । भिल्लाले अर्को खेलमा उल्भ्सलाई १–० ले हरायो ।
यस्तै लिभरपुलले वेस्ट ह्यामलाई २–०, ब्राइटनले नटिंघम फरेस्टलाई २–० र म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ ले हरायो ।
