लाजियोलाई हराएर मिलान शीर्षमा

सानसिरोमा प्राप्त यो जितपछि मिलानको १३ खेलबाट २८ अंक भएको छ । उसको पछाडि एएस रोमाको २७, नेपोलीको २५ र इन्टर मिलानको २४ अंक छ ।

मंसिर १४, २०८२

कान्तिपुर संवाददाता

Milan go top after beating Lazio

काठमाडौँ — एसी मिलानले इटालीको सिरी ए मा शनिबार लाजियोलाई १–० ले हराएर फेरि शीर्ष स्थान कब्जा गरेको छ । खेलको एक मात्र गोल राफेल लिओले ५१ औं मिनेटमा गरे ।

सानसिरोमा प्राप्त यो जितपछि मिलानको १३ खेलबाट २८ अंक भएको छ । उसको पछाडि एएस रोमाको २७, नेपोलीको २५ र इन्टर मिलानको २४ अंक छ ।

शनिबार अन्य खेलमा युभेन्ट्सले कागलिरीलाई २–१ ले हराएर आफ्नो स्थितिमा सुधार गरेको छ । युभेन्ट्सको अब १३ खेलबाट २३ अंक भएको छ र सातौं स्थानमा छ ।

यस्तै युडिनेजीले पार्मालाई २–० र जेनोआले हेलास भेरोनालाई २–१ ले पराजित गर्न सफल रह्यो ।  

कान्तिपुर

Link copied successfully